काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल खेल आज हुँदैछ। बुधवार साँझ ६ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइनल खेल हुँदैछ। चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी भएको थियो ।
काठमाडौं । विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् […]
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव-२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा […]
काठमाडौं । नेपालले जितसहित आइसीसी महिला अन्डर नाइन्टिन टी-२० विश्वकप समाप्त गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराएको हो । जारी विश्वपकमा यो नेपालको पहिलो जित हो । नेपालको जितमा कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शन रह्यो । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई […]
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उनीहरूको सफलताको कामना […]
बारा– नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोहबीच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ । उपमहानगरपालिकाका मेयर बिनोद साहले पूर्व घोषणा अनुसार टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण […]
काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ७ विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल र गुल्सन झालाई गुमाएको हो।
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।