ताप्लेजुङ – ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ […]
काठमाडाैं – चैत २ मा कीर्तिपुरस्थित, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आईसीसी लिग-२ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स ( यूएई)लाई पराजित गरेसँगै नेपाल क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्वालिफायरमा छनोट भयो। एक शताब्दी पहिला शुरू भएको नेपाली क्रिकेटका लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। सन् १९२० को दशकमा विदेशमा पढेर फर्केका राणा परिवारका सदस्यहरूले नेपालमा क्रिकेट भित्र्याएका […]
काठमाडौं – बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेले उक्त आदेशविरुद्ध गत मंसिर २९ गते उच्च अदालत पाटनमा निवेदन […]
काठमाडाैं – चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्। आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख […]
दोहा – वाइन रुनी १८ वर्ष अगाडि आफूलाई सम्झिँदै भन्छन्, ‘म विश्वकै उत्कृष्ट खेलाडी थिएँ। म जत्तिको कोही पनि थिएनन्।’ १८ वर्षका रुनीले अमाजन प्राइमको एक डकुमेन्ट्रीमा भनेका छन्, ‘म यसमा विश्वस्त थिएँ। पेले, डियगो म्याराडोना वा जर्ज बेस्ट पनि थिए। तर, त्यसको मतलब थिएन।’ त्यसबेलाका इङ्लिस प्रशिक्षक स्भेन गोरन एरिक्सन पनि रुनीकै कुरामा समर्थन […]
पोखरा – पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ […]
काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल प्रवेशका लागि मंगलबार (आज) समूह ‘ए’को उपविजेता संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ। आजको खेलले […]
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । अपरान्ह पौने ५ बजे सुरु हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु […]
काठमाडौं । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ । फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ […]
काठमाडौ । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल […]