प्रदेश १ मा कोरोना : एकैदिन थपिए १ हजार ३७ संक्रमित

विराटनगर । प्रदेश १ मा सोमबार १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६७ […]

कोरोनाको असर : रोकियो तमोर कोरिडोर निर्माणको काम

ताप्लेजुङ । कोरोना संक्रमण फैलिएसँगै भएका निषेधाज्ञाको असर विकास निर्माणमा पनि देखिन थालेको छ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु […]

मोरङमा थप ११ कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो । यस्तै […]

माधव नेपाल पक्षका २३ सांसद मात्रै संसद विघटनको विपक्षमा उभिए

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, […]

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापा अर्जुनधारामा काछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङको मृत्यू भएको हो । आईतबार साँझ साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको प्रहरीले […]

बजेट ल्याउने तयारीमा सरकार, वृद्धभत्ता र कोरोना नियन्त्रण प्रथमिकतामा पर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको अवस्थामा सरकार बजेटको तयारीमा छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान रहेकाले अर्थका अधिकारीहरु धमाधम बजेट लेख्दै छन् । संघीय संसदका दुबै सदनहरुको संयुक्त बैठकमा राष्ट्रपतिबाट वाचन हुने नीति तथा कार्यक्रम अध्यादेशमार्फत नै आउँदैछ । बजेट पनि अध्यादेशमार्फत नै आउने भएको छ । जेठ १५ अघि नै नीति तथा […]

ताप्लेजुङमा १३ सहित प्रदेश १ थपिए ७६३ जना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष […]

बजेटमा खोपलाई उच्च प्राथमिकता दिइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप […]

संक्रमितको शव व्यवस्थापनमा स्काउट पनि खट्ने

विराटनगर । प्रदेश १ मा अब कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्काउटमा आबद्ध भएकाहरु पनि खटिने भएका छन् । यस अघिसम्म सेनाले मात्रै शव व्यवस्थापन गर्दै आएको थियो । दक्ष जनशक्ति तयार गर्न स्काउटमा आवद्ध भएकालाई अहिले धमाधम तालिम दिइदै छ । यसै विषयमा झापामा आइतबारबाट चार दिने तालिम सुरु गरिएको छ । […]

योगेश भट्टराई भन्छन् : ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही बाटोमा पुर्‍याउँदैन

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्। ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा