बाबुसँगै सगरमाथा चुचुरोमा पुगे ताप्लेजुङका १७ वर्षे सोनाम

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १७ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन । आइतबार बिहान ८ बजेर ५० मिनेटमा उनले आरोहण गरेको आरोहणका लागि पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलले बताए । पौडेलका अनुसार सोनाम आफ्ना पिता पूर्णकुमार ९पिके० शेर्पासँगै आरोहणका लागि गएका थिए । […]

विराटनगरको एउटै अस्पतालमा एकै दिन १० संक्रमितले गुमाए ज्यान

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित १० जनाको एकै दिन मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र नोबेलको कोभिड वार्डमा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेमा ५० वर्षभन्दा कम उमेर समूहका पाँच जना रहेका छन् । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का […]

शव वाहन विहिन ताप्लेजुङमा डाक्टर रुइतले जुटाए खरिद गर्न रकम

ताप्लेजुङ । ताप्लेजुङमा कसैको मृत्यू भए बोक्ने शव वाहन छैन । एम्बुलेन्सलाई शव बोक्न छुट छैन, कहिले ट्याक्टर त कहिले अन्य सवारीमा शब बोक्नुपर्ने जिल्लाबासीको बाध्यता छ । तर, अब यो बाध्यता हट्दैछ । जिल्लामा शववाहनको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिन अघि कोरोना नियन्त्रणमा जिल्लाको समस्या […]

प्रदेश १ मा कोरोना ग्राफ : कहिले माथि कहिले तल, शनिबार ८८८ थपिए

विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा […]

आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिन गृहको निर्देशन

काठमाडौं । सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न […]

पुनः संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । धारा […]

योगेश भट्टराई लेख्छन् :‘एमाले एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन’

काठमाडौं । एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा ९एमाले० एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि […]

ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माण हुने, योगेशको पहलमा अर्थले छुट्यायो बजेट

काठमाडौं । कोरोना संक्रमण बढेसँगै अध्याधिक माग भएको अक्सिजन पुर्तिका लागि ताप्लेजुङ जिल्लामानै अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि अर्थमन्त्रालयले ७५ लाख रकम व्यवस्था गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागी आवस्यक पर्ने अक्सिजन […]

ताप्लेजुङमा ५१ सहित प्रदेश १ मा थपिए १०३९ संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार १०३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८२ महिला […]

प्रधानमन्त्री देउवालाई बनाउने प्रस्तावमा योगेश भट्टराईले गरेनन् हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । एमालेमा विवाद देखिएदेखि मिलाउने प्रयासमा लागिरहेका भट्टराईले देउवालाई प्रम […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा