सुरक्षाकर्मीलाई साथ दिन खटिए शिक्षक र कर्मचारी

विराटनगर । दोस्रो चरणको कोरोना महामारीका कारण देशका अधिकाँस जिल्लामा निषेधाज्ञा छ । सरकारले गरेको निर्णयको पालना गराउन सुरक्षा निकाय मात्रै सडकमा छ । सुरक्षा निकायको थोरै जनशक्तिले निषेधाज्ञालाई कडाई गर्न नसकिरहेको समयमा मोरङको एक स्थानीय तहमा भने शिक्षक र सरकारी कर्मचारी पनि नाका र बजारमा कडाई गर्न उत्रिएका छन् । सरकारी विद्यालय र केही […]

भारतमा कोरोना : २४ घण्टामा ४ हजार तीन सय ४० ले गुमाए ज्यान

विराटनगर । भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४० जनाको मृत्यु भएको हो । भारतमा एकै दिन धेरै सङ्क्रमितको मृत्यु पहिलो हो । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो । भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक […]

प्रदेश १ : ताप्लेजुङमा १९ सहित सोमबार १ हजार १४० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक […]

अन्तरक्रियाबाट समस्या पहिचान गरी योगेशले ताप्लेजुङ पठाए स्वास्थ्य सामग्री

विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट स्वास्थ्य सामग्री पठाइएको छ । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित विज्ञसँग अन्तरक्रिया गरेका पूर्वमन्त्री भट्टराईले दिउँसोनै जिल्लामा आवश्यक भएमध्येका केही सामान पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्री बुधबार विहान सम्ममा ताप्लेजुङ पुग्ने भट्टराईको सचिवालयले […]

महामारीकै बिच भारतले बनायो कोरोनाको औषधि, आपतकालीन प्रयोगको लागि अनुमति

विराटनगर । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २–डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको […]

प्रदेश १ मानै हुन थाल्यो अक्सिजन र रिएजेन्ट किट अभाव, अब अक्सिजन सिलिण्डर अन्यत्र नपठाइने

विराटनगर । प्रदेश सरकारले अक्सिजनको अभाव हुन नदिन प्रदेश १ बाट अन्यत्र अक्सिजन जान नदिने तयारी थालेको छ । केहीदिन अघिसम्म तथ्यांक बिहिन देखिएको सामाजिक विकास मन्त्रालयले अहिले प्रदेश १ बाट अक्सिजन अन्य प्रदेशमा पठाउन नसकिने बताउन थालेको हो । सोमबार बिहान ताप्लेजुङको कोभिड नियन्त्रणका लागि सरोकारवालाहरुका बिचमा भएको छलफलमा सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर […]

ताप्लेजुङमा २६ सहित प्रदेश १ मा थपिए १०२७ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा आइतबार १ हजार २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

ताप्लेजुङमा थपियो निषेधाज्ञाको समय, बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी र खाद्यान्न पसल खुल्ला

ताप्लेजुङ । कोरोना संक्रमण नरोकिएपछि ताप्लेजुङमा निषेधाज्ञाको समय थप गरिएको छ । प्रमुखु जिल्ला अधिकारी उमेश पाण्डेद्वारा आइतबार जारी सार्वजनिक सूचना अनुसार मंगलबारदेखि आउँदो साताको सोमबार अर्थात जेठ १० गते सम्म निषेधाज्ञाको समय थपिएको हो । यस अघि बैशाख २० गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको थियो भने बैशाख २७ गतेदेखि जेठ ३ गते […]

एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन

इलाम। कोरोना संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको गएराती निधन भएको छ । इलाम घर भएका उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा शनिबार राती निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर ल्याइएको थियो ।

बि.एण्डसीमा उपचार गर्ने अधिकांश कोभिड बिरामीको सफल उपचार

विराटनगर । झापाको बिर्तामोडमा रहेको बि.एण्डसी टिचिङ्ग अस्पतालमा कोरोना संक्रमण पछि उपचारमा पुग्ने अधिकांशले कोरोना जितेर फर्कने गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण बिभिन्न अस्पताल पुगे पनि ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै जाँदा झापाको बिर्तामोडमा रहेको यो अस्पतालले भने उपचारमा आउनेहरु कमैले मात्रै ज्यान गुमाएको दाबी गरेको हो । शनिबार एक विज्ञप्ति प्रकाशित […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा