विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी दिएको हो । यस अघि बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालको लागि स्थगित भएको थियो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले […]
काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले सुर्खेतमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले ओली सरकार प्रतिगमनतर्फ लागिरेको बेला सरकारका मन्त्रीले नै श्री ५ को सरकार भनिदिएपछि आलोचकलाई मसला बनेको छ । उनले सम्बोधनका क्रममा तत्काल […]
काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पर्सि १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००र२२० केभी क्षमताको सबस्टेशनमा […]
चितवन । प्रधानमन्त्री केपी ओलीले केही वर्षमै जनताले अनुभूत गर्नेगरी विकास हुने दाबी गरेका छन् । शनिबार चितवनमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सभालाई सम्बोधन गर्दै ओलीले भने ‘दाजुभाइ, दिदीबहिनीहरु ढुक्क हुनुहोस्, देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूत गर्नेगरी विकास हुन्छ ।’ जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले घुँडा नटेको भन्दै ओलीले […]
विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङमा टिफर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ६ हिलेपानि स्थित सिद्दिचरण राजमार्गमा बा ४ ख ५१६ न नंबरको टिफर दुर्घटना भएको हो । कटारीबाट इटा लिएर ओढु तर्फ जाँदै गरेको बा टिफर अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरेको थियो । दुर्घटनामा उक्त टिफरमा सवार […]
पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको […]
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुर जानुहुने भएको छ । चितवनमा सभालाई सम्बोधन, महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् । कार्यक्रमको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए । प्रधानमन्त्रीको शिलान्यास […]
विराटनगर । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले शुक्रबार कोशी राजमार्गनै अवरुद्ध गरेर विरोधसभा गर्दा शुक्रबार दिनभर विराटनगरको यातायात अस्तव्यस्त बन्यो । विराटनगर स्थित महेन्द्रचोकको मध्य सडकमा कार्पेट विच्छ्याएर कार्यकर्ता राख्दै सडकमानै मञ्च बनाएर सो समुहले विरोधसभाको आयोजना गरेको थियो । जसका कारण बसपार्क जाने र आउने सवारीलाई बिच सडकमानै रोकेर फर्काउदा यात्रुले सास्ति भोग्नुपर्यो […]
विराटनगर । नेपाल कम्यूनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार (आज) विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभा गर्दैछ । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा आन्दोलनरत सो समूहले मध्यान्ह १२ बजेबाट प्रदर्शन सुरु गर्ने बताइएको छ । विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट एकैसाथ सुरु हुने प्रदर्शन जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत हुने नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य […]
विराटनगर । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित […]