ताप्लेजुङका तीन सञ्चारकर्मीसहित १० जना नयाँ कोरोना संक्रमित थपिए

ताप्लेजुङ । ताप्लेजुङको रेडियो तमोरमा कार्यरत तीन सञ्चारकर्मी सहित १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थप एक जना पुरानै संक्रमितको रिपोर्ट पुन: पोजेटिभ आएको छ । पहिलेका ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सञ्चारकर्मी तीन सहित १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । […]

बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्री केवल खवासको मृत्यु भएको छ । आईतबार साँझ सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ वर्षीय केवल खवासलाई ठक्कर दिदा खवास घाइते भएका थिए । घाइतेलाई उपचारको लागी […]

प्रधानमन्त्रीले घुन्सा पुगेर भने ‘सरकारको लोकप्रियता देखेर आत्तिएकाहरूले भ्रम फैलाए’

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले […]

प्रधानमन्त्री ओली आज काठमाडौं बाहिर निस्कदै, ताप्लेजुङको घुन्सामा विषेश कार्यक्रम

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) काठमाडौं बाहिर निस्कदैछन् । प्रधानमन्त्री ताप्लेजुङको घुन्सा, ओलाङ्चुङ्गोला र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए । प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ । सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । ताप्लेजुङको घुन्सामा एक कार्यक्रममा सहभागी […]

प्रधानमन्त्री कुरिरहेको ‘घुन्सा’

ताप्लेजुङ । सोमबार (भोली) प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा जाने भएका छन् । प्रधानमन्त्री घुन्सा जाने भएसँगै उनको स्वागतका लागि भव्य तयारी गरिएको छ । घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, घुुन्सालीहरुसंगको संक्षिप्त साक्षात्कार, बीओपीको निरिक्षण र पार्टीका कार्यकर्ताहरुसंग भेटघाट गर्ने प्रधानमन्त्री ओली घुन्सा जान लागेका हुन् । प्रधानमन्त्री घुन्सा जाने भएपछि त्यस […]

झापा मेचीनगरका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यू

धरान । कोरोना संक्रमणका कारण धरानमा झापा मेचीनगरका एक पुरुषको मृत्यू भएको छ । आइतबार विहान धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापास्थित मेचीनगर, बाहुनडाँगी ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । अन्य रोगबारे प्रष्ट जानकारी नआएको जनाउदै प्रतिष्ठानले विरामी पुरुषमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । […]

ताप्लेजुङका पेम्बा साङ्गे हतियारसहित पक्राउ, ‘विप्लव’ समूहका सैन्य लडाकु भएको खुलासा

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना सैन्य लडाकुलाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी […]

इलाममा आमा जलाउने अभियुक्त अझै खुलेआम

इलाम । आमालाई पेट्रोल छर्किएर जलाएको अभियोग लागेका इलाम माङसेबुङ गाउँपालिका ६ का अम्बिका भनिने पूर्णकुमार राई अझै पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लालध्वज सुवेदीले आरोपितको हातमा ‘गम्भीर चोट रहेकाले चोट निको भए’ पछि नियन्त्रणमा लिइने जानकारी दिए । डीएसपी सुवेदीका अनुसार परिवारकै सदस्यले उजुरी दिइसकेका छन् । यसअघि प्रहरीले पीडितको […]

प्रदेश १ मा कोरोना : ३२१ को मृत्यु, संक्रमित संख्या २५ हजार नाघ्यो

विराटनगर । पछिल्लो समय संक्रमण तीव्र रुपमा फैलिइरहेको प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार नाघेको छ। शनिबार थप एक सय ३५ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या २५ हजार ७६ पुगेको हो। संक्रमण पुष्टि भएकामध्ये २० हजार पाँच सय ८८ जनाको उपचार सफल भएको छ। संक्रमण पुष्टि भएकाहरुको विभिन्न सरकारी, संस्थागत र […]

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला, मन्त्री भट्टराईले गरे उद्घाटन

काठमाडौँ । नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा शनिबारबाट खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार यसको उद्घाटन गरेका हुन् । श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा