ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको […]
काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन […]
विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा तीन जना युवती सवार रहेको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति ११:४५ बजेतिर भएको दुर्घटनामा परेर दुई युवती घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर दुर्घटनामा पर्दा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा […]
विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताए । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा […]
काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुनेछ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुनस्निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो। मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले […]
विराटनगर । प्रदेश १ मा बुधबार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि […]
पाँचथर । नयाँ गन्तव्य’का रुपमा विकास भइरहेको तिम्बुङ पोखरी लक्षित सडक निर्माण शुरु भएको छ । पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने सो पोखरीसम्म पुग्न अहिले कम्तीमा दुई दिन पैदल यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्नुपर्ने कम्तीमा आधा बाटामा सडक विस्तार गर्ने योजनाका साथ निर्माण शुरु भएको हो । याङ्वरक गाउँपालिका वडा नं १ टोड्केबाट सडक […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन् । रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन् । राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । यसअघि […]
काठमाडौं । बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको […]