चितवन । चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो । बुधबार नै गरिएको परीक्षणमा अरू ५१ जनामा पनि संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना […]
काठमाडौं । देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ। आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली […]
बिर्तामोड । झापा गाउँपालिकामा आज साँझ गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेका आलमलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो । चिन्ताजनक अवस्थामा अस्पताल भर्ना गरिएका आलमको उपचारका क्रममा मृत्यु भएको बीएण्डसी अस्पताल प्रशासनले जनाएको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा […]
बिर्तामोड । झापा गाउँपालिकामा आज साँझ गोली चलेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका […]
विराटनगर । प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष […]
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । रुस र चीनले भने आफूले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् । साथै आफ्ना नागरिकमा दिइसकेका पनि छन् । यसैबीच चीनले आफ्ना नागरिकलाई एक महिना पहिले ने कोरोनाविरुद्धको भ्याक्सीन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कडा शर्तसहित नियमित उडान तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले भदौ १७ बाट नियमित २ उडान र एक चार्टर्ड उडान गर्ने गरी शर्तसहित नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको हो। मन्त्रालयले नियमित उडान गर्दा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएका यात्रु मात्रै ल्याउन पाइनेछ। तर मन्त्रालयले राखेको […]
विराटनगर । विराटनगरमा मंगलबार राति कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिला र महोत्तरीका ६० वर्षीय पुरुष रहेका छन् । विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार राति ८ बजे मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको […]
काठमाडौं । इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गएकाे जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुन्द्री तटहरु खुला गरेको थियो । तीन महिनाको लकडाउन खुलेपछि एक महिनामा एक लाख बढी पर्यटक आउनु सकारात्मक संकेत रहेको इजिप्ट सरकारले जनाएको छ । स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकता […]
विराटनगर । विराटनगर महानगरपालिकामा थप एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा […]