विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो […]

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, ज्यान गुमाएकाका परिवारले १ लाख पाउने

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी […]

कोरोना कहर : छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु

विराटनगर । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो। कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको […]

चित्तबुझ्दो नतिजा नआएपछि विद्यार्थी आन्दोलित

काठमाडौं । नेपालका विभिन्न शैक्षिक संस्थामा ए लेभल अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन्। यी क्यामपसहरुलाई ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन्। क्याम्ब्रिजले ए लेभको नतिजा गत साता सार्वजनिक गरेको थियो। कोभिड १९ को संक्रमणका कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालयले विद्यार्थीको […]

कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख नाघ्यो, नेपालमा २६ हजार

काठमाडौ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना पुगेको छ । आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६८ हजार ६ सय तीन जना पुगेको छ भने एक करोड ४३ […]

झुम्का कारागारका चार बन्दीमा कोरोना संक्रमण

विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी […]

दमकमा लकडाउन, राजमार्गमा सञ्चालन हुने सवारी दमकमा रोकिन नपाउने

झापा । कोरोना संक्रमित भेटिने क्रम बढेपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। गत चैत ११ गतेदेखि संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो। नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो। नगरप्रमुख रोमनाथ ओलीका अनुसार आगामी भदौ ५ गते सम्मका […]

प्रदेश १ मा शनिबार ८६ संक्रमित थपिए, कुन जिल्लाका कती ?

विराटनगर । प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ […]

‘गर्लफ्रेण्ड खोसेको’ भन्दै युवकको छुरा हानी हत्या, छुरा हान्ने पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ […]

सर्पले टोकेको भ्रममा परेर महोत्तरीमा ८ जना बेहोस

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् । सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् । गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा