मध्यविन्दु– बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन्। जीवन विज्ञान संस्थाद्वारा संघयि सांसदहरूका लागि शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्छ भने। प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न पनि आग्रह गरे। ‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको […]
काठमाडौं– वास्तुशास्त्र अनुसार घरको कुन दिशामा के हुनुपर्छ ? धेरै वास्तु ग्रन्थहरूमा यसको उल्लेख छ । वास्तुका अनुसार आदर्श घरको मुख्य ढोका पूर्व वा उत्तर दिशामा मात्र हुनुपर्छ । तपाईँको घरको ढलान पूर्व, उत्तर वा पूर्व-उत्तर पूर्वतिर भएमा यो शुभ मानिन्छ । तसर्थ, वास्तु अनुसार घरको कोठा, हल, भान्छा, बाथरूम र शयनकक्ष एक विशेष दिशामा […]
टेक्सास – अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको पहिचान गर्दै त्यहाँको प्रहरीले तस्बिर सार्वजनिक गरेको छ। अमेरिकाको ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर बुधबार सार्वजनिक गरेको हो। प्रहरीले तस्बिर सार्वजनिक गरे पनि अभियुक्तको पहिचान खुलाएको छैन। अमेरिकाबाट प्रकाशन हुँदै आएको नेपयोर्क अनलाइनमा उल्लेख भए अनुसार तस्बिर सार्वजनिक भए पनि अभियुक्तको अझै पहिचान खुल्न सकेको छैन। […]
अछाम– लगातारको वर्षाका कारण अछामको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए […]
म्याग्दी– धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ । हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउरास्थित […]
काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जसमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रुपैयाँ सहित जुम्ला हिमा गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रकाश नाथ योगीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले देश बनाउनतिर लाग्न सरकारलाई आग्रह गरे । ‘हामीले तीव्र तर आर्थिक विकास र सामाजिक न्यायका लागि कतिपय महत्त्वाकाङ्क्षी योजनाहरू बजेटमार्फत प्रस्ताव गर्यौँ । सुनिँदै छ, हामीले […]
पाल्पा– राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन् । तानसेनस्थित […]
काठमाडौं– ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणमा हिजो काठमाडौं आइपुगेका विदेशमन्त्री हमाले दिउँसो १ बजे प्रधानमन्त्री ओली र ३ बजे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि बिहान […]