बाढीले पाँचथरका तीन विद्युत आयोजना बन्द

पाँचथर। भारी वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ। आइतबार रातिदेखि हिजो दिउँसोसम्मको निरन्तर बाढीले फिदिम-फालोट सडकको फिदिम-नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ। बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिन धस्सिएको छ। पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका-१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम-फालोट सडक […]

राष्ट्रिय सभाको विषयगत समितिका सभापतिको निर्वाचन २३ साउनमा

काठमाडौं। राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ। राष्ट्रिय सभाले सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ। सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ। राष्ट्रिय […]

विराटनगरमा कोरोना संक्रमितलाई कीरा परेको खाजा दिएपछि……

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ । खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिएजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?’ […]

अफगानिस्तानको कारागारमा आतंकवादी आक्रमणः मृत्यु हुनेको संख्या २्९ पुग्यो

काठमाडौं । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा भएको आतंकवादी आक्रमणमा मृत्यु हुनेको संख्या २्९ पुगेको छ । मारिेनेमा कारागारका कैदीबन्दी, सुरक्षाकर्मी छन् । आक्रमणपछि भएको दोहोरो भिडन्तमा ८ जना हमलाकार पनि मारिएका छन् । ३ सय कैदी फरार छन् । इस्लामिक अतिवादी समुह आर्ईएसले आक्रमणको जिम्मेवारी लिएको छ । गत शुक्रबारदेखि ईद पर्वका अवसरमा सरकार […]

प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

धनुषा । प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा […]

गाइजात्रा पर्व आज, काेराेना कहरले गर्दा तामझामका साथ नहुने

काठमाडाैं । गाइजात्रा पर्व आज काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म यो पर्व मनाइन्छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान […]

फिफा अध्यक्ष इन्फान्टिनोले राजीनामा नदिने

विराटनगर । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् । गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै […]

अब ताप्लेजुङ जानुपरे प्रशासन सँग पूर्व सहमति लिनुपर्ने

ताप्लेजुङ । कोरोना संक्रमण समाजमानै फैलन थालेपछि प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ प्रवेशमा कडाई गरिने भएको छ । केही संक्रमित देखिए पनि थप बढ्न नदिन ताप्लेजुङमा अन्य जिल्लाबाट प्रवेशमा कडाई गर्ने निर्णय भएको हो । अब ताप्लेजुङ प्रवेश अघि स्थानीय प्रशासनको सहमति भएमा मात्र प्रवेश अनुमति दिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निर्णय गरेको […]

विज्ञहरूसँग लकडाउन बारे छलफल गर्दै प्रधानमन्त्री ओली, दोस्रो पटक होला लकडाउन ?

काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । सरकारले कोरोनाभाइरसको रोकथामको लागि गरेको लकडाउन अन्त्य गरेपछि कोरोना संक्रमितको संख्या झन बढिरहेको छ । यस्तै यसै बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग छलफल गर्न लागेका छन्। उनले अब लकडाउन गर्नेकी नगर्ने भन्ने बिषयमा विज्ञहरूसँग छलफल गर्न लागेको बताइएको छ । उक्त बिषयमा […]

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यू

विराटनगर । प्रदेश १ मा एक कोरोना संक्रमितको मृत्यू भएको छ । विराटनगर स्थित कोशी अस्पतालको आईसोलेसनमा सोमबार एक संक्रमितको मृत्यू भएको हो । मृत्यू हुनेमा विराटनगर ५ का ७७ वर्षीय पुरुष छन् । कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा