काठमाडाैं – नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइप्रोफाइलकै संलग्नता खुलेसँगै राजनीतिक वृत्तमा हलचल उत्पन्न भएको छ । विशेषगरी प्रमुख प्रतिपक्षी दल एमालेका सचिव टोपबहादुर रायमाझीको नाम मुछिएर पक्राउ पुर्जी जारी भएसँगै सो पार्टीले विशेष चासो राखेको छ । यस्तै एमालेकै उपाध्यक्ष रामबहादुर थापाको परिवार, उनका सुरक्षा सल्लाहकार र बहालवाला सचिव समेत यो प्रकरणमा […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको उनको भनाइ छ । थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज […]
काठमाडाैं – प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको प्रतिक्रिया दिनुभएको छ । तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार […]
चितवन – प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नुभएको हो । वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य […]
विराटनगर – कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयको संख्या कटौती र प्रदेशको नाम राख्नुलाई मुख्य उपलब्धिको रुपमा व्यख्या गरे । मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झारेका छन् । त्यस्तै गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ […]
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् । आफ्नो कार्यकालको १०० दिने उपलब्धी सार्वजनिक गर्ने क्रममा उनले कुनै दलको एकल बहुमत नपुगेका कारण सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका हुन् । गत पुस २५ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता कार्कीले सर्वदलीय सरकार गठन […]
ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख गरेको बताए । विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको […]
विराटनगर – कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्तिम संस्कार अनिश्चित बनेको छ । गत चैत ५ गते पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको चैत १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएको २४ दिनयता उनको शव विपी कोइराला […]
काठमाडौं – सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका […]
काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उहाँको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान […]