काठमाडाैं – विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको […]
काठमाडाैं – वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गर्नुभएको छ । बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराउनुभएको थियो । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर […]
काठमाडाैं – प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन […]
काठमाडाैं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ […]
काठमाडाैं – सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो । विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको […]
विराटनगर – नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापाले नेपाली कांग्रेसले विस्वासको मत विपक्षमा गर्ने बताएका छन् । प्रदेश सभाको बैठकमा बोल्ने क्रममा थापाले संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान नगर्ने निर्णय नभएको बताए । प्रदेश १ मा नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा नै रहने भएकोले विपक्षमा मतदान गर्ने थापाले बताए । सरकारले विश्वासको मत लिने […]
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत आज लिने भएका छन्। प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। नेपालको संविधान २०७२ को धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गएको पौष २४ गते ६० जना सांसदहरुको समर्थनमा उनी प्रदेश […]
विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उहाँलाई नेकपा एमालेका […]
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्नुभएको छ […]
विराटनगर – हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय संख्या ९ वटामा झार्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । ‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या ९ वटामा […]