काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद र त्यसका आधारमा उनको सांसद पदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी माघ ११ मा पूर्ण सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले लामिछानेलाई सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा कामकाज […]
काठमाडौं – सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाल समाजमा स्थापित गराउने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत […]
काठमाडौं – ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश कुमार भट्टराईले बन्द चीनसँगको सीमा टिपताला नाका खोल्ने कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालय सहसचिव एवं दक्षिण पूर्व एसिया र प्यासिफिक डिभिजन विभाग हेर्ने लोकबहादुर थापालाई भेटी नाका सुचारुका लागि पहल गराउन ज्ञापन पत्र समेत बुझाएको भट्टराईका स्वकीय सचिव […]
काठमाडौं – संसदमा बहुसंख्यक सासंद उच्च शिक्षा हासिल गरेका छन् । विधि निर्माण गर्ने थलोमा उच्च शैक्षिक योग्यता भएकाहरुको यो उपस्थितिले हरेक विषयमा गुणस्तरीय छलफल र बहस हुने र त्यस अनुसारको विधि बन्ने अपेक्षा हुनु स्वभाविक हो । संसदमा उच्च शिक्षा हासिल गरेकाको संख्या बढ्दा त्यहाँ उठान हुने विषय र प्रस्तुति प्रभावकारी हुन्छ भन्ने आम […]
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेरै गठबन्धन भत्काइदिए। निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए। […]
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार […]
काठमाडौं – दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट […]
काठमाडौं – नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको […]
विराटनगर – प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टी (जसपा) समानुपातिक मतका आधारमा प्रदेश १ मा सरकार बनाउन निर्णायक हुने देखिएको छ । समानुपातिकतर्फ ल्याएको ६१ हजार ७२३ मतका आधारमा जसपाले पाउने एउटा सिट सरकार निर्माणमा निर्णायक बन्ने भएको हो । यद्यपि समानुपातिकबाट सांसद चयन हुने प्रक्रिया बाँकी नै छ । नेकपा (एमाले) सँग […]
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बधाई साटासाट गरेका छन् । भट्टराईंले ताप्लेजुङबाट दोस्रोपटब चुनाव जितेका हुन् । सोमवार बिहान अध्यक्ष ओलीलाई भेट्न उनी बालकोटस्थित ओली निवास पुगेका थिए । भट्टराईले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गरेका थिए ।