एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची, महिला र पुरुषको संख्या बराबर

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो । यी नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको […]

योगेशको टिकट पर्खँदै ताप्लेजुङमा सत्ता गठवन्धन

ताप्लेजुङ – सत्ता गठवन्धन दलहरूले अन्य जिल्लामा सिट बाँडफाँट टुंग्याए पनि ताप्लेजुङमा भने सकेनन् । कारण थियो – ‘नेकपा एमालेका सचिव योगेश भट्टराईको जिल्ला ।’ यस अघिको चुनावमा प्रतिनिधिसभा निर्वाचनमा राम्रो मत ल्याएर विजयी बनेका योगेशको यसपटक पनि उठ्ने तयारी छ । जिल्लाबाट सिफारिस भएर पनि आएका छन् । एमालेले टिकटको प्रकृया टुंग्याउन बाँकि नै […]

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : तीनकुनेलाई व्यवस्थित नगरी कुन मुख देखार भोट माग्न जानुहुन्छ ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपाललाई तीनकुनेको तस्बिर राख्दै कुन मुख देखाएर भोट माग्न जानुहुन्छ भनी प्रश्न गरेका छन् । विभिन्न योजना बनाएर पनि वषौंदेखि तीनकुनेको पार्क बन्न नसकेको अवस्थालाई इंगित गर्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत तीनकुनेको फोटो राख्दै यस्तो प्रश्न गरेका हुन् […]

बालेनले निर्वाचन आयोगलाई तिर्लान त साढे ७ लाख जरिबाना ?

काठमाडौं – निर्वाचन आयोग ऐनमा भनिएको छ, ‘राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्छ ।’ तर, ऐनको वेवास्था गर्दै स्थानीय निर्वाचनमा सहभागि १ लाख २३ हजार ६२४ उम्मेदवारले समयमा खर्च विवरण बुझाएनन् । खर्च विवरण नबुझाउनेमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र […]

काठमाडौं उपत्यकामा केपी ओलीको नेतृत्वमा विहानै एमालेको पदयात्रा (फोटो फिचर)

काठमाडौं – नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् । बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो । […]

ताप्लेजुङमा १५०० मतदाताको नाम किन हटाइयो ?

ताप्लेजुङ । ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरूको नामावली हटाइएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार कुल एक हजार ४९९ जना मतदाताको नामावली हटाइएको छ । उक्त सङ्ख्यामध्ये मृत्यु भएका ९२० जना, दोहोरो नाम […]

उम्मेदवारी दर्ता असोज २३ मा, उजुरी दिने समय असोज २४ गते

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति निर्धारण गरेको छ। आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम बिहीबार सार्वजनिक गरेको हो। जसमा २३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने उल्लेख छ। स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज […]

नेकपा एस ताप्लेजुङद्धारा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस, क–कसको पर्‍यो नाम ?

ताप्लेजुङ – प्रतिनिधि र प्रदेसभा निर्वाचनका लागि नेकपा (एस) ताप्लेजुङले उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष छिरिङ लामाले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएकामा मुकुन्द भट्टराई (मिक्वाखोला गाउँपालिका), कल्पना तुम्बाहाम्फे (मेरिङदेन गाउँपालिका) र हर्क यक्सो (आठराई त्रिबेणी गाउँपालिका) छन् […]

आम चुनावमा बहुमत ल्याउने तयारीमा एमाले, घोषणापत्रका विषयमा के भन्छन् योगेश भट्टराई ?

काठमाडौं – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भएका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा […]

‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ’

झापा – ‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको । गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो । त्यसयता सो वडामा प्रधानमन्त्री आउनुभएको छैन तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुग्नुभएको छ, उहाँहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा