ताप्लेजुङ – प्रदेश १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ। बिहीबार समितिले ताप्लेजुङ सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिचानका आधारमा नामाकरण नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। संयुक्त संघर्ष समितिका १६ घटकहरूले संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भएबमोजिम पहिचानमा आधारित प्रदेशका […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक फेसवुक पेज सञ्चालक कम्पनीलाई एक करोड रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेका छन् । महानगरको बजेटबाट मेयर शाहले रुटिङ अफ नेपाल बन्द नामक फेसवुक पेजलाई एक करोड रुपैयाँ दिने निर्णय गरेका हुन् । स्वतन्त्रबाट उम्मेदवार बनेका बालेनलाई चुनाव जिताउन रुटिङ अफ नेपाल बन्दले धेरै सहयोग गरेको थियो […]
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको […]
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको […]
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं – बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव […]
काठमाडौं – प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको […]
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहनुभएको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा शुभकामना […]
काठमाडौं – ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन्। मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्युनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी आवास पुनःनिर्माण गरिदिन अनुरोध गरेको छ। प्राधिकरणको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ मा घरवारविहीन भएकालाई निजी आवास मर्मत वा प्रबलीकरण […]
काठमाडौं – नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । “असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने”, पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट मातहतका कमिटीलाई दिइएको निर्देशनमा भनिएको छ, “आपसी अन्तरविरोधका कारण […]