ताप्लेजुङ । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै हाङ्गामले ताप्लेजुङ कोरोनाको ‘हटस्पट’ बनेको र त्यहाँका नागरिकले अक्सिजन नपाएरनै मर्नपर्ने अवस्था आएकाले अब आउने बजेटमा १ करोड रुपैयाँ बिनियोजन गर्न आग्रह गरे । ‘मैले […]
विराटनगर । पहिले सँगै सत्तायत्रा गरेको नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदनमा दैनिक सरकारको आलोचना गर्न सुरु गरेको छ । सोमबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिबेशनको पहिलो दिननै आधाघण्टा सरकारको आलोचना गरेका नेकपा माओवादी केन्द्र संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले मंगलबार पनि विषेश समय लिएर सरकारका विरुद्ध खनिए […]
विराटनगर । एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आइतबार निकालेको विज्ञप्तिपछि एकताबद्ध एमालेको प्रक्रिया अगाडि बढेको बताएका छन् । अध्यक्षको वक्तब्यपछि एमालेको विवाद समाधानको वातावरण बनेको भन्दै भट्टराईले सबै समस्या समाधान भइनसकेको भएपनि त्यसबाट अब छलपलबाट समाधान निस्कने बताए । प्राईम टाईम टेलिभिजनलाई सोमबार विहान अन्तरवार्ता दिँदै भट्टराईले आपूmहरुले विभाजन ब्यहोरेर […]
विराटनगर । प्रदेश १ संसद्को आठौं तथा बर्खे अधिवेशन सुरु भएको छ । अहिले दलका नेताहरुले बैठकको संबोधन गरिरहेका छन् । प्रत्यक्ष हेर्न यहाँ लिंकमा क्लिक गर्नुहोला ।
विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार दिउँसो २ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ । आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ । आइतबारमात्रै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता […]
काठमाडौं । नेपाल (एमाले)को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । आइतवार राति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै २ पेजको वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न आकस्मिक बैठक बोलाएको हो । बैठक भर्चुल हुने र ११ बजेपछि बस्ने जनाइएको छ । ओलीको प्रस्तावमाथि सो समूहमा मिश्रीत प्रतिक्रिया आएको छ […]
विराटनगर । माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन लिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय दलको बैठकले दलका नेतालाई दिएको अधिकार प्रयोग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । माओवादी केन्द्रले आइतबारनै संसद सचिवालयलाई सो जानकारी समेत दिएका छन् । माओवादी केन्द्रले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता […]
काठमाडौं । संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले १२ जना नयाँ मन्त्री नियुक्त गर्दा पुराना १३ मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ १२ मन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षका १० र एमालेका दुई मन्त्री बनेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा १३ जना पुराना मन्त्री पदमुक्त भएका छन्। […]
विराटनगर । कोरोना महामारी र राजनीतिक विवादका कारण कानून अनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको हो । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुखले बुधबार अध्यादेश जारी गरेका छन् । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, […]