पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका : महामारीकाबीच पनि ६० प्रतिशत प्रगति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आब २०७६÷०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ […]

ओली-प्रचण्ड वार्ता सकियो : शनिबार सचिवालय बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमाले सचिवालय बैठक शनिबार बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफलमा भदौ १३ शनिबार बिहान ११ बजे सचिवालय बैठक बोलाउने […]

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीलाई भने ‘अस्पताल आएकाहरु उपचार नपाई फर्कनु नपरोस’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा÷छुट्टै राखेर उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । अस्पतालमा आउने अन्य विरामीले उपचार नपाएको र फर्कनुपरेको गुनासो बढेपछि मंगलबार आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका हुन् । उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल […]

बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार, के अब पुन: मन्त्री बन्लान ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ । ‘बाँस्कोटाले घूस लिएरखाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ । अख्तियारका पदाधिकारीको […]

प्रदेश नम्बर २ का मुख्यमन्त्री फेरिने !

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ । जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने […]

कांग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन गर्दै पार्टीका सबै तहलाई मुलुकको नयाँ संरचनाअनुसार लैजाने निर्णय गरे पनि महासमिति सकिएको २० महिना पूरा हुँदासमेत समायोजनलाई […]

यस्तो रिपोर्ट सहित नेकपा कार्यदलले ओली प्रचण्डलाई बुझायो प्रतिबेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्‍पन्‍न गरेर रिपोर्ट बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो। रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ। नेकपाले पार्टीमा जारी […]

शहरमा तीजले वर्गविभेद बढायोः मन्त्री योगेश भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीज ग्रामीण क्षेत्रमा मानवीय सद्भावका साथ मनाइए पनि शहरमा वर्गविभेद बढाउने किसिमले मनाइने गरेको टिप्पणी गरेका छन् । ‘गाउँमा कसैको घरमा दर खाने व्यवस्था छैन भने छिमेकीले बोलाएर खुवाउने, मानवीय भावना देखाउने चलन अझै छ, तर शहरमा हुनेखानेले सम्पत्ति र सामथ्र्य देखाउने सामन्ती संस्कारका रुपमा […]

आज मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?

काठमाडौं । निषेधाज्ञाकै बीच आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो । सीसीएमसी बैठकले यस अघि देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको […]

नेकपा कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको सुझाव दिन गठन गरिएको कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो २ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय रहने भवनमा बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए। ‘उहाँहरु कहिले कहाँ, कहिले कहाँ छलफल गरिराख्नुभएको थियो, आज बालुवाटारभित्रको सचिवालय रहने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा