जसपाको बैठक बस्दै, पार्टी समायोजनका विषयमा छलफल हुने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। बिहान ११ बजे ललितपुरस्थित तलुसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा बैठक बस्ने भएको हो। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्यविभाजन बैठकको मुख्य अजेण्डा रहेको पार्टीका नेता महेन्द्रराय यादवले बताए। कोरोना संकट, बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने […]

प्रधानमन्त्रीले भने ‘संकटलाई विरोध गर्ने अवसर नठानौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर […]

लकडाउनबारे सुझाव लिन प्रधानमन्त्रीले आज जनस्वास्थ्य विज्ञसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे सल्लाह सुझाव लिन जनस्वास्थ्यविद्लाई बालुवाटार बोलाएका छन्। मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई बोलाएर सुझाव लिन लागेका हुन्। ‘अहिले फेरि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको […]

राष्ट्रिय सभाको विषयगत समितिका सभापतिको निर्वाचन २३ साउनमा

काठमाडौं। राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ। राष्ट्रिय सभाले सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ। सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ। राष्ट्रिय […]

भोलि फेरि छलफलमा बस्ने निर्णय गर्दै ओली-प्रचण्ड बैठक सकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। सोमवार बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए। ुछलफल केहीबेर अघि सकियो। भोलि फेरि भेट हुने कुरा छ,ु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। दुई अध्यक्षबीचको गत साउन […]

प्रचण्डले ओलीलाई भने ‘सचिवालय बैठकबाट विवाद सल्ट्याऔँ’

काठमाडौं । नेकपाभित्रको विवादबारे कुन कमिटीमा छलफल गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षहरुबीचको छलफल निष्कर्षविहीन बनेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको निकास सचिवालय बैठकबाट गर्नुपर्ने प्रस्ताव राखेका थिए। जवाफमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी स्थायी कमिटी बैठकबाटै विवादको समाधान खोज्नुपर्ने बताएपछि दुई अध्यक्षबीचको […]

कमल थापाले भने ‘ओली सरकारविरुद्ध आन्दोलनको तयारी गरौं’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ओली सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपाका जनवर्गीय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको बताए । थापाले भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर […]

पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुन्न : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत अध्ययन गरी स्थानीय सरोकारवालासमेतको राय सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका […]

‘एमाले’ र ‘सूर्य’ का लागि संविधान संशोधनको तयारी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको पनि लामो समय भए । यही उत्कर्षमा न देश रहन सक्छ, न पार्टी नै । अब कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ । तर, नेकपाभित्रको दुई गुटको अडान हेर्दा विवाद सजिलै मिल्ने अवस्था देखिँदैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली दुवै पद नछाड्ने मुडमा […]

सरकार देखेर धिक्कार भन्नमात्रै मन लाग्छ : डा. दिक्षित

काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् । नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा