झापाबाट तिन लाख बराबरको पटका बरामद

विराटनगर । झापाको भद्रपुर नगरपालिका ५ को सीमा क्षेत्रबाट करिव तिन लाख बराबरको अतिसबाजी ((पटका) प्रहरीले बरामद गरेको छ। बुधबार दिउँसो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो । भारतिय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने सुराकका आधारमा खटिएको प्रहरी […]

कालीगण्डकी करिडोरमा पहिरो, पुरिएर पाँच मजदुरको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । ‘सडक निर्माणका क्रममा ७ जना मजदुरले […]

साउदीमा अब रोजगारदाता फेर्न पाउने, नयाँ नियम मार्चदेखि

विराटनगर । साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले बुधवार यसका बारेमा जानकारी दिएको हो । साउदीमा श्रम बजारलाई आकर्षक […]

ताप्लेजुङमा पेट्रोल हालेर आगो बाल्दा घरनै जल्यो, एकै परिवारका तीन घाईते

ताप्लेजुङ । ताप्लेजुङमा आगोले जलेर एकै घरका तीन जना घाईते भएका छन् । बुधबार दिउँसो मिक्वाखोला गाउँपालिका ४ थलङमा आगोले जलेर स्थानी रणध्व थलङ्की श्रीमती र दुई छोरी घाइते भएका हुन् । थलङकी छोरी १४ वर्षकी छोरी मञ्जु र ९ वर्षकी प्रिति थलङले खाना पकाउने चुलोमा पेट्रोल आलेर आगो सल्काउने क्रममा घरमानै आगो सल्किएको थियो […]

प्रदेश १ मा कोरोना : डिस्चार्जको संख्या बढ्दै, २४ घण्टामा ३ सय ४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमण जितेर निको हुनेको संख्या बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै प्रदेशका बिभिन्न स्थानबाट ४ सय २२ जना डिस्चार्ज भएका छन् । संक्रमण जित्नेमा होम आईसोलेसनमा रहेका धेरै रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेका अनुसार बुधबार मात्रै […]

पुण्य गौतम पक्राउ, शान्ति भड्काउने गरी अभिव्यक्ति दिएको आरोप

काठमाडौं । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप […]

झापामानै हुन्छ अनौठा, अनौठा अपराध : गुप्ताङ्ग काट्ने देखी बञ्चरो हान्ने सम्म

झापा । प्रदेश १ को एक जिल्ला झापा, जुन जिल्लामा अपराधका अनौठा, अनोठा घटना भएका छन् । बञ्चरो प्रहार, जलाएर हत्या, खुकुरी प्रहार त सामान्य भए । गुप्ताङ्ग काट्ने र बाइकको पछि बसेर अघि बसेका साथीको हत्या गर्ने सम्मको घटना झापामा भएको प्रहरी अनुसान्धानबाट देखिएको छ । त्यसमध्ये विर्तामोडमा यस्तो धेरै घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा […]

तेह्र बोरो पटकासहित दुई जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका १० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ का २९ बर्षीय प्रशन दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेको झापा प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ मे १ह ५५२७ नम्बरको टेम्पोमा लुकाएर पटका ल्याँउदै गरेको भन्नेसुराकका आधारमा खटिएको […]

पर्यटन मन्त्री योगेश भट्टराईले ८ दिन ताप्लेजुङको गाउँ गाउँ भ्रमण गर्ने (भ्रमण तालिकासहित)

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले कार्तिक २१ गतेदेखि २८ गतेसम्म गृह जिल्ला ताप्लेजुङका विभिन्न स्थानीय तहहरुको भ्रमण गर्ने भएका छन् । कोरोना महामारीको समय भए पनि भौतीक दुरी र स्वास्थ्य सावधानी कायम गर्दै जिल्लाका स्थानीयतहरुको विकास र आगामी योजना लगायतको विषयमा अनुगमन साथै जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया र छलफल गर्न […]

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

विराटनगर । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा