जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाका कारण मृत्यु

कञ्चनपुर । जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो । गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन । पछि उनको सामान्य डेलिभरी भएकोमा रक्तश्राव नरोकिएपछि बुधबार सेती अस्पतालको […]

प्रदेश १ मा हाल सम्मकै बढी संक्रमित थपिए, २४ घण्टामा २५५ संक्रमित

विराटनगर । प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । शनिबार सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा परीक्षण उडान, मन्त्री भट्टराईले गरे उद्घाटन र निरिक्षण

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न धनगढी विमानस्थलनलाई बेस बनाएर शनिबार परीक्षण उडान भएको छ । बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी स्वरुप शनिबार परीक्षण उडान भएको हो । विमानस्थलको अनुगमनसहित परीक्षण उडानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । धनगढी […]

धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा नगरपालिका १ की २८ वर्षीया महिलाको शनिबार विहान साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो । दीर्घ रोग नभएकी महिलाको असोज ८ गते प्रतिष्ठानमा गरिएको पिसिआर स्वाब […]

प्रदेश १ सहित यी प्रदेशमा हुँदैछ हल्का वर्षा

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती […]

प्रदेश १ हाल सम्मकै उच्च संख्यामा संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर । विगत २४ घण्टामा प्रदेश १ मा १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । शुक्रबार थपिएका संक्रमित मध्ये मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ […]

मुख्यमन्त्री राईले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले […]

झापाका दुई फरक स्थानबाट ब्राउन सुगरसहित तीन भारतीय पक्राउ

विराटनगर । झापाको दुई फरक स्थानबाट खैरो हिरोइन (ब्राउनसुगर) सहित तीन जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका १ बगान र गौरीगंज गाउँपालिका २ दासचौरीबाट तिन भारतिय नागरिक ब्राउनसुगर सहित पक्राउ परेका हुन् । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । विहीबार दिउसो पौने ४ बजे […]

कक्षा १२ को परीक्षा सञ्चालन गर्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक […]

विराटनगरमा कोरोना संक्रमित ६ वर्षीय बालकको मृत्यु

विराटनगर । प्रदेश १ मा पहिलो पटक एक बालकको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६ वर्षीय नाबालकको मृत्यु भएको हो । धनुषाको जनकपुर उपमहानगरपालिका–२ घर भएका पासवान थरका नाबालकको उपचारका क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा