काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट […]
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने लगायतका नियमसहितकाे नयाँ सूचना जारी गरेकाे छ। साे सूचनाअनुसार जिल्लाभर अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने बताएको छ। ‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, […]
विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाडौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय […]
झापा । झापाको विर्तामोड –५ को दुई परिवारमा कोरोना पुष्टि भएपछि विर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट शिल गरिएको छ । समुदाय मै कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको नगरपालिकाले जनाएको छ । संक्रमीत परिवार सुपर मार्केटको व्यापारी रहेको जनाइएको छ ।
विराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र […]
विराटनगर । संघीय सरकारले चैत ११ देखि साउन ७ सम्म गरेको लकडाउनमा विराटनगरमा ३३ जना मात्रै कोरोना संक्रमित थिए। लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो। विराटनगर अहिले प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भएको सहर बनेको छ। संक्रमित बढेपछि महानगरले लकडाउन घोषणा गर्यो तर प्रहरी प्रशासनले साथ नदिँदा लकडाउन प्रभावकारी बनेन। मुख्य सडक र बजारका […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो । बोर्डले अघि सारेको मोडालिटीमा तयारी […]
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीको निर्णयका कारण मंगलबार नेपाल आउनबाट वन्चित २ सय ६६ नेपाली आज स्वदेश आउने भएका छन। गत सोमबार बेलुका सरोकारवाला निकायसँग सहकार्य नगरी पाँचौ तहको् उद्धार उडान रद्द गर्ने सिसिएमसीकाे निर्णयका कारण विमानस्थल पुगिसकेको अवस्थामा २ बच्चासहित २ सय ६६ जना दुबई विमानस्थलमै रोकिएका थिए। उनीहरुलाई […]
काठमाडौं । लगातार दुई दिन मानिसहरुको चहलपहल ठप्प भएको काठमाडौंमा आज बिहानको दृष्य भने फरक देखिएको छ। निषेधाज्ञा जारी भएसँगै सुरु भएको तीज र शनिवारको विदाका कारण बिहानैदेखि ठप्प थियो काठमाडौं। तर, आज आइतवार भने मानिसहरुको बाक्लै चहलपहल देखिएको छ। दुई दिनसम्म बन्द रहेका पसलहरु आज बिहान खुलेको देखियो भने सडकमा मानिसहरुको गतिविधि पनि बाक्लिएको […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएकाे हाे। डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क […]