काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, […]
काठमाडौं । स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ । कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस […]
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउन हुने भएको छ । आगामी भोलि आईतबार देखि लागु हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा […]
विराटनगर । चर्चित बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई सास फेर्न गाह्रो भएसँगै आइसियूमा राखिएको दैनिक भाष्करले लेखेको छ । ६१ वर्षीय दत्तलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलनगरिएको छ तर नतिजा नआइसकेको […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक (नवौं तह) रितेश गुप्तालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले शनिबार गुप्तालाई एक करोड २४ लाख ९१ हजारको चेकसहित पक्राउ गरेको हो । गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी […]
विराटनगर । प्रदेश १ का दुई फरक फरक पीसीआर परिक्षण केन्द्रमा गरिएको एकै व्यक्तिको स्वाव परीक्षण रिपोर्ट फरक फरक आएको छ । विराटनगर १ का ६३ वर्षिय रमेश अग्रवाललाई विहीबार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कोशी अस्पताल पु¥याए । अग्रवाल मृगौला रोगी पनि थिए, ज्वरो र स्वासप्रस्वासमा केही समस्या आएपछि स्वास्थ्यकर्मीले कोरोना आशंकामा उनको फिवर क्लिनिकबाट […]
झिलझिले, झापा । धार्मिक पर्यटनको मुख्य उद्धेश्य राखेर झापाको शिवसताक्षीमा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा आयोजक समितिलाई ५ लाख ८३ हजार ४ सय ६९ को व्ययभार भएको छ । गएको कात्र्तिक २७ देखि बालाचर्तुदशी धार्मिक मेलाको अवसर पारेर आयोजना भएको कोटिहोममा आयोजक समितिले १ करोड ४७ लाख ५७ हजार ७ सय ३९ […]
विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिएका छन् । शनिबार थपिने संक्रमितमा सबैभन्दा धेरै मोरङमा ४८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीमा १०, मोहोत्तरी ठेगाना उल्लेख गरिएका २ र राजविराज ठेगाना उल्लेख भएका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको […]
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ। दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए। शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो। दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर […]
ताप्लेजुङ । ताप्लेजुङको तेल्लोकमा एक महिला मृत फेला परेकी छिन् । सिरिजङ्घा गाउँपालिका ४ तेल्लोककी ४४ बर्षिया इश्वरी लिम्बू घर नजिकै मृत भेटिएकी हुन् । घरछेउको बाटो देखी करिब १५ मिटर तल मृत भेटिएकी लिम्बुको लडेर मृत्यू भएको आशंका स्थानीयले गरेका छन् । स्थानीय बीरु लिम्बूकी श्रीमति इश्वरी शुक्रवार दिउँसो गाउँमा काम गर्न घरबाट निस्किएकी […]