प्रदेश १ मा कोरोना : १ हजार ३२१ को परीक्षण गर्दा ५ सय ७७ संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ९६, झापामा १ सय ७८, सुनसरीमा १ सय १, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]

प्रदेश १ : कोरोना नियन्त्रणमा खटिदा मृत्यू भए २५ लाख क्षतिपुर्ति (प्रदेश मन्त्रिपरिषदको निर्णयसहित)

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा खटिएका चिकित्सक सहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो । प्रदेश […]

ताप्लेजुङमा बढ्दै कोरोना संक्रमित, थप ३२ जनामा देखियो संक्रमण

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ३२ जनामा कारोना भाइरस पुष्टि भएको छ । १ सय ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १४ महिला र १८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । ताप्लेजुङका कोभिड फोकल पर्सन प्रतिमा खरेलका अनुसार २ जनाको रिपोर्ट आउन बाँकी छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको खरेलले बताइन् । […]

प्रदेश १ मा कोरोना : ताप्लेजुङमा २ सहित प्रदेशमा ६ सय ११ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २÷२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९० महिला […]

विराटनगरमा कोरोना संक्रमण को ‘हटस्पट’ महानगर आफै जुट्यो स्वाब संकलनमा

विराटनगर । दैनिक २ सय बढी संक्रमित महानगर क्षेत्रमै भेटिन थालेपछि विराटनगरले कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण सुरु गरेको छ । यस अघि पहिलो चरणको कोरोना संक्रमणमा स्वाव संकलन दैनिक गराएको महानगरले दास्रो चरणको महामारीको हालसम्मको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन गरेको थिएन । कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन महानगरले प्रत्येक वार्डलाई लक्षित […]

भारतीय खोप उत्पादक कम्पनीका सिइओ बेलायत पुगेर किन यसो भने ?

नयाँदिल्ली । सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला भारतमा आफूमाथि अत्याधिक दबाब आएको भन्दै बेलायत गएका छन् । भारतले बेलायतका लागि उडान प्रतिबन्ध जारी गर्नुअघि नै उनी शनिबार नै लण्डन पुगेका हुन् । दि टाइम्ससँगको अन्तरवार्ता पुनावालाले आफूमाथि अत्यधिक दबाब आएको प्रतिक्रिया दिएका छन् । भारतमा कोरोना संक्रमणले […]

प्रदेश १ मा दोब्बरले थपिदै संक्रमित, एकैदिन ४ सय १७ जना थपिए

विराटनगर । प्रदेश १ मा आइतबार ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९८ महिला र १ […]

नेपालमा कोरोना : संक्रमित र मृतकको संख्या हालसम्मकै उच्च, २४ घण्टामा २७ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च हो। संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन्। १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा […]

योगेश भट्टराईले स्वास्थ्य मन्त्रीलाई दिए यस्तो पत्र

विराटनगर । नेकपा एमालेका सांसद योगश भट्टराईले ताप्लेजुङमा नयाँ भेरियन्ट कोरोना संक्रमण दर उच्च रहेकाले रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेका छन् । नयाँ भेरिन्टको कारोना तीव्र गतिमा बढेकाले अहिलेसम्म तीन जनाको मृत्यु भएको उल्ललेख गर्दै उनले स्वास्थ्य उपकरण, अक्सिजन, भेन्टिलेटर, बेडर पीसीआर लगायतको व्यवस्थापनका लागि आग्रह गरेका हुन् । […]

ताप्लेजुङमा कोरोना : संक्रमण सँगै बढ्दै मृतकको संख्या, २४ घण्टामा दुईको मृत्यु

ताप्लेजुङ । कोरोना संक्रमणका कारण ताप्लेजुङको फुङलिङ नगरपालिका(४ क्याम्पस लाइन टोलका दुई कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टाभित्र ८५ वर्षीय वृद्धा र ६० वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार वृद्धाको शुक्रबार राति घरमै र पुरुषको शनिबार दिउँसो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा